IMG-LOGO

बनेपा-११ का वडा अध्यक्षले दुरव्यवहार गरेको आरोप

 मंगल, चैत ७, २०७९  --

       बनेपा-११ का वडाअध्यक्ष शिवबहादुर थापाले दुर्व्यवहार गरेको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका छन् । वडा कार्यालयमा निवेदन लिएर गएका स्थानीय अच्युत बञ्जारा, सुनिल खड्का, उमारुद्र काप्mले, कृष्ण बाँनिया र लक्ष्मण बञ्जारालाई वडाअध्यक्ष थापाले दुरव्यवहार गरेको भन्दै विभिन्न दलका वडास्तरीय समितिले विरोध जनाएका हुन ।

       जनप्रतिनिधीको रुपमा दोस्रो कार्यकालमा रहेका थापा स्थानीय शारदादेवी सामुदायिक वन उपभोक्ता समितिको पनि १२ बर्षदेखि अध्यक्ष रहिरहेकाले समिति पुनर्गठनको लागि निवेदन दिन गएका स्थानीय युवालाई दुर्व्यवहार गर्दै पत्र च्यातिदिएका थिए । नेपाली कांग्रेस, राप्रपा नेपाल, नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), शिव सेना नेपालका वडास्तरीय नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तीमा वडाको विकास निर्माण, उपभोक्ता समिति गठन, सार्वजनिक सम्पत्तिहरु जस्तै वन, चौर, खानेपानी मूहान संरक्षणमा पारदर्शी, जवाफदेही हुँदै वडाका नागरिकहरुको हितमा काम गर्न अपिल गर्दै आएपनि त्यस्ता आग्रह र अनुरोधलाई अवज्ञा गर्दै आएको आरोप लगाइएको छ । सडक निर्माणका नाममा सार्वजनिक सम्पत्तिको क्षति गर्ने, सार्वजनिक सम्पत्ति निश्चित ब्यक्तिलाई प्रयोग गर्न दिने र उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना नदिइ मनोमानी ढङ्गबाट गरेको विज्ञप्ती उल्येख गरेको छ ।

       आफू माथि दुर्व्यवहार भएको उजुरीसहित युवाहरु इलाका प्रहरी कार्यालयमा गएपनि जाहेरी दर्ता नभएको गुनासो गरे । वडाअध्यक्ष शिवकुमार थापासँग बभ्mदा यसो भन्नुभयो आफू माथि दुरव्यवहार गरेको, राष्ट्रिय गान, राष्ट्रिय झण्डा नगरको १४ वडा समावेश भएको नक्सा क्षेतविक्षेत गरेर अच्युद बञ्जाराले क्षति पुर्‍याएको, र मलाई अमर्यादित शब्द प्रयोग गरी गाली गरेको तर बच्नको लागि युवाहरुले विज्ञप्तीको नौटङ्गी गरेको दावी गर्नुभयो । त्यस्तै गरी वडा. अध्यक्ष प्रहरीले दुवै पक्ष छलफल गरेर सहमति गरी फिर्ता पठाएको बताएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्