IMG-LOGO

जनताका जनजीवीकाको सवालमा उभिनुपर्छ नेता ः शाक्य

 मंगल, चैत ७, २०७९  --

       नेकपा एमालेले दुई महिने ग्रासरूढ अभियान तिब्ररुपमा अघि बढाएको छ। सोही क्रममा एमाले धुलिखेल ८नम्बर वडा कमिटीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य बिद्या सुन्दर सक्यले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धी हुनु शोभाविक हो कमी कमजोरी सच्चाउँदै अघि बढ नु पर्छ  कार्यकर्ताको गुनासो सुन्ने नेताहरुले आफू काजोरी गर्ने कार्य कर्तालई गाली  गर्ने गर्नु नहुने धारणा राख्नु भयो । केन्द्रीय सदस्य सक्यले भन्नु भयो पार्टी भित्रै एक अर्कोको खुटा तान्ने प्रवत्ति  राम्रो नहुने त्यसो भए पार्टी  सखाप हुने हुँदा एक अर्कालाई सम्मान गर्दै पार्टीमा योगदान गरेका योग्य व्यक्तिलाई जिम्मेवारी दिने सो व्यक्तिले समाजको सेवामा समाज रुपान्तरणमा भूमिका खेल्लु पर्ने बताउनु भयो । जनताका जनजीवीका सवालमा ध्यान केन्द्रीत गर्नुपर्छ नेता शाक्यको भनाइ छ । उक्त कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कुमार तिमल्सिनाले पार्टीमा किन लगे मेरो जिम्मेवारी के हो त्यो बुझेर कार्य गर्दै जानु पर्ने बताउनु भयो ।

       अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य साधुराम बडालले नेतृत्वले चाकडिबद्लाई प्रसय दिने असल कार्यकर्ताको कुरा नसुन्दा समस्या आएको बताउनु भयो।एमाले धुलिखेल इन्चार्ज कमला काफले,एमलेधुलेखेल नगर सभापति दयाराम महत, जिल्ला सदस्य हरिस चन्द्र घिमिरे लगायतले बोल्नु भएको थियो।उपस्थित संगठित सदस्यहरूले पार्टी नीति विधि पद्धतिमा चलनु पर्नेमा नेता प्रधान हुनु, कार्यकर्ताको सुझावलाई लत्याउनु नजिकका आसेपासेलाई पद बाड्नु योगदान गर्ने हरुलाई पाखा लगाउने गर्दा पार्टी कमजोर भएको बताएका थिए संगठित सदस्यहरूलाई प्रशिक्षण आवश्यक रहेको औंलाएका थिए । वडा कमिटी अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलान गौतमले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्