IMG-LOGO

काभ्रेमा किन हुन सकेन स्ववियु चुनाव ?

 मंगल, चैत ७, २०७९  --

       विगत १४ वर्ष देखि हुन नसकेको स्ववियु निर्वाचन आइतबार देशभरका विश्वविद्यालय अन्तरगतका ६२ आंगिक मध्ये ४७  र अन्य क्याम्पसमा निर्वाचन सम्पन्न भयो ६० प्रतिशत विद्यार्थीले मतदान गरे । तर काभ्रे जिल्लामा भने स्ववियु चुनाव हुन सकेन कारण नेपाल विद्यार्थी संघ काभ्रे र अनेरास्ववियु काभ्रेले क्याम्पसहरुमा तालाबन्दी गर्ने होड बाजीका कारण स्ववियु चुनाव हुन सकेन । स्ववियु चुनावको सवालमा जिल्ला प्रशासन कार्यालय काभ्रेले किन सहजीकरण नगरेको भन्ने सवालमा प्रजिअ पुण्य विक्रम पौडेललाई जिज्ञासा राख्दा उहाँले यस्तो प्रतिक्रिया दिनुभयो । स्ववियु चुनावको सवालमा शान्ति सुरक्षाको प्रवन्ध हामीले गर्ने हो । अन्य सवाल शैक्षिक संस्था र विद्यार्थी संगठनहरु बीच नै सौहार्दपूणर् वातावरणमा नेतृत्व गर्ने विषयमा सहमत हुनुपर्ने कुरा बताउनु भयो । कानपुर बहुमुखि क्याम्पस, मंगल जन विजय क्याम्पस रोशी र डेडीथुम्का क्याम्पसले स्ववियु चुनाव गर्न नसक्ने कुरा क्याम्पस व्यवस्थापन समितिले जिल्लामा भएको वैठकमा जानकारी गराएको बुझिएको छ ।

       काभ्रे जिल्लाको जेठो क्याम्पसमा सर्व प्रथम अनेरास्ववियु काभ्रेले क्याम्पसले फर्जि विद्यार्थी भर्ना गरेको भन्दै तालाबन्दी गरेको थियो । अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतमका अनुसार काभ्रे क्याम्पसले फर्जि विद्यार्थी भर्ना गरेको, नेपाल विद्यार्थी संघ आवद्ध रहेका विद्यार्थीहरुलाई १ हजारमा भर्ना गरेको अनेरास्ववियु निकटका विद्यार्थीलाई १२/१३ हजार शुल्क लिएर मात्रै विद्यार्थी भर्ना गरेको, काभ्रेका ९ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ काभ्रेले तालाबन्दी गरेका कारण स्ववियु चुनाव हुन नसकेको बताउनु भयो । जिल्लाभरी नै अनेरास्ववियुको वाचस्व छ जित्छ भन्ने कायर मानसिकताका कारण चुनाव हुन नदिन, नेवि संघ काभ्रेले, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी संगठनलाई समेतलाई हातमा लिइ जिल्लाका ९ क्याम्पसमा तालाबन्दी गरेको कुरा अनेरा स्ववियु काभ्रेका सचिव मिलन गौतमले उल्लेख गर्नुभयो ।

       त्यस्तै गरी स्ववियु चुनाव नहुनुमा नेपाल विद्यार्थी संघ काभ्रे दोसी रहेको भन्ने आरोप छ नी भन्ने सन्दर्भमा नेवि संघ काभ्रेका अध्यक्ष अन्जनाराज खतिवडाले यस्तो प्रतिक्रिया दिनुभयो । अनेरास्ववियु काभ्रे गैर जिम्मेवारी पूर्वक पहिला काभ्रे क्याम्पसमा तालाबन्दी गर्‍यो । पटक पटक बहस छलफलमा बोलाउँदा पनि स्ववियु जिल्ला अध्यक्ष अशोक खनाल मिटीङमा आउनुभएन भन्ने प्रतिक्रिया दिनु भयो । नेपाल विद्यार्थी संघ काभ्रे विद्यार्थीहरुले हितको लागि जहिल्यै सकारात्मक छ । चैत्र १२ गते भित्र स्ववियु चुनाव गराउने पक्षमा छ । त्रिविविले शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने, गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई सक्षम बनाउनु पर्ने हाम्रो शैक्षिक एजेण्ड रहेको नेवि संघ काभ्रे अध्यक्ष खतिवडाले भन्नुभयो । काभ्रेमा १६ वटा क्याम्पसमा करिब २ हजार ७ सय विद्यार्थी अध्यनरत छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्