IMG-LOGO

साँगादेखी चण्डेश्वरी खोलासम्म २५ गज कायम

 मंगल, चैत ७, २०७९  --

              अरनिको राजमार्ग अन्तगत साँगा धुलिखेल सडक खण्ड समयमै पुरा गरिने आयोजना प्रमूख रविन्द्र लाल दासले बताउनु भएको छ। बुधवार आयोजित सरोकारवालाहरुसँगको अन्तक्रिया कार्यक्रममा  उहाँले गाडी चल्ने मूख्य चार लेनको सडक बनाउने र दुबैतर्फ सर्भिस लेन सहित दुई मिटरको फुटपाथ निर्माण गरिने, विचमा ३ मिटरको मेडियन निर्माण गर्ने जानकारी दिनुभयो। बनेपा नगरपालिका प्रमूख शान्ति रत्न शाक्यले सडक विस्तारको क्रममा मठमन्दिर, कुवा, पाइपलाइन धेरै नोक्सान हुने भन्दै आयोजनाको ध्यान आर्कषण गराउनु भयो। मिति २०५८ । ११ । २७ को राजपत्र अनुशार साँगाचोक देखि बनेपा चण्डेश्वरी खोला सम्मको सडक खण्डमा केन्द्र देखि २५ । २५ गज ( २२.८६) कायम गरिएको उल्लेख छ। कार्यक्रममा नगर उप-प्रमूख विमला सापकोटा दाहाल, वडा अध्यक्षहरु पत्रकार एवं सरोकारवालाहरुले सडक निर्माण, अवस्था र चुनौतीका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्