IMG-LOGO

शिक्षालाई उद्यम सँग जोड्नु पर्छ उपकुलपति ः थापा

 मंगल, चैत ७, २०७९  --

              काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले संसारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका विद्यार्थीहरु काठमाण्डौं विश्वविद्यालयले उत्पादन गरिरहेको दावि गर्नुभएको छ । बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउण्डेशन र काठमाण्डौंको ग्लोबल एकेडेमी अफ टुरीजम एण्ड हस्पिटालिटि गेटमा अध्ययनरत विद्यार्थीहरुलाई काठमाण्डौं विश्वविद्यालयमा व्याचलर इन प्रोफेशनल हस्पिटलिटि कार्यक्रमका वारेमा अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति थापाले विद्यार्थीहरु विदेशिने क्रम रोक्न नसकिएको प्रति दुःख व्यक्त गर्नुभयो । शिक्षालाई उद्यमसँग जोड्नुपर्ने उहाँको तर्क थियो । बनेपाको ग्लेसियर एजुकेशनल फाउण्डेन र काठमाण्डौंको गेटले उत्पादन गरेका विद्यार्थीहरुको नेपालमै उच्च सम्भावना रहेको भन्दै उहाँले देशमै सेवा गर्न अपिल गर्नुभयो । काठमाण्डौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले व्याचलर इन प्रोफेसनल हस्पिटालिटि कार्यक्रमलाई थप प्रभावकारी बनाउनपर्ने बताउनुभयो । काठमाण्डौं गेट कलेजका कार्यकारी प्रमुख खेमराज लेकाइ, ग्लेसियर एजुकेशनल फाउण्डेशनका अध्यक्ष भोला थापा, मेरियट होटलका रुपेश श्रेष्ठ, कुसुमका आशा थापा मगर लगायतले विद्यार्थीहरुलाई शिक्षासँगै सिप प्रदान गर्ने व्याचलर इन प्रोफेशनल हस्पिटालिटि कार्यक्रम प्रभावकारी हुने दावि गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्