IMG-LOGO

सामुदायिक सकोसको आँखा शिविर

 मंगल, फागुन ३०, २०७९  ---

 

       महेन्द्रज्योति, काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालमा मुख्य कार्यालय रहेको संस्थाको महेन्द्रज्योति सेवाकेन्द्रको आयोजना तथा रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा हिजो नि ःशुल्क आँखा शिविर कार्यक्रम  महेन्द्रज्योति सेवा केन्द्रको प्राङ्गणमा सम्पन्न भयो । संस्थाका अध्यक्ष प्रकाश बन्जारा सभाध्यक्षता र बनेपा न.पा १२ नं. का वडा अध्यक्ष राम बहादुर कुँवर ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

       संस्थाले काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्ला सहित ४ जिल्ला कार्यक्षेत्र भित्रका ५० हजार भन्दा बढि सदस्यहरुलाई प्रत्यक्ष रुपमा सहकारी वित्तिय सेवा प्रदान गरिरहेको र संस्थाले शेयर सदस्यलाई मात्र केन्द्रित नगरि समुदायको सामाजिक उत्तरदायित्व समेत बहन गर्दै  रेयूकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा संस्थाका संचालक समितिका सचिब मुकुन्द शर्मा, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, ब्यबसाय बिकास अधिकृत जीवन सत्याल, महेन्द्रज्योति सेवाकेन्द्र  प्रमुख सुदर्शन घिमिरे , कुशादेवि सेवाकेन्द्र  प्रमुख नवराज श्रेष्ठ ,समूह बिभाग प्रमुख बिमल जाकिबंन्जार  लगायत  मुख्य कार्यालयबाट कर्मचारीहरु कृष्ण बहादुर सैंजु ,कृस्टल कर्माचार्य तथा महेन्द्रज्योति सेवाकेन्द्र बाट  सन्तोषि भुजेल र रमिला कुंवरको उपस्थित रहेको थियो । आँखा  शिविर कार्यक्रममा २०२ जनाले आँखा परिक्षण गराउनु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्