भकुण्डेवेशी ÷ नमोबुद्ध नगरपालिकामा ११३ औं अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रम गरी मनाइएको छ । महिला सहकारी संस्था, विद्यालय, स्वास्थ्य स्वंयमसेविका लगायत सहभागी कार्यक्रममा जनप्रतिनिधीले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट महिलामैत्री’ बनाउने प्रतिवद्धता जनाएका छन् ।
नगरप्रमुख कुनसाङ लामाले महिला लक्षित कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि त्यसले प्राथमिकता पाउने प्रतिवद्धता जनाए । उपप्रमुख रत्न बहादुर लामाले पुरुष हिंसाको पनि व्यापिक समितिमा उजुरी आएको बताए । नगर पूर्व उपप्रमुख रामदेवी तामाङ्गले महिला लक्षित कार्यक्रमलाई बजेट बढाउन अनुरोध गरिन् । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर कार्यपालिका सदस्य सुशिला परियार, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, महिला अधिकारकर्मी देवकी खनाल, शान्ता नराल पाठक, दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, महिला सहकारी सञ्जालका संयोजन राधिका तिमल्सिना श्रेष्ठ लगायतले महिला अधिकार र सहभागिता अझै बढाउनुपर्ने तर्क गरे ।
महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा विभिन्न सहकारी सस्था र विद्यालयका प्रतिनिधीहरुले गित, कवितामार्फत महिला हिंसा, अधिकारबारे चर्चा गरेका थिए ।
