IMG-LOGO

सिद्धार्थ एकेडेमीको ३९ औं वर्षिकोत्सव तथा अभिभावक दिवस

 मंगल, फागुन ३०, २०७९  ---

 

       काभ्रे जिल्लाको संस्थागत विद्यालयकै पहिलोको रुपमा स्थापना भएको सिद्धार्थ एकेडेमी सेकेण्डरी स्कुल बनेपाको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालयका अध्यक्ष ज्ञानवहादुर केसीको सभापतित्वमा सम्पन्न भयो । सार्वजनिक कार्यान्वयन इकाई काभ्रे प्रमुख डा. चन्द्र प्रसाद लुइटेलले उद्घाटन गर्नुभएको कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष शुजेन्द्र श्रेष्ठ, बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, नाइटीङगेल एकेडेमीका अध्यक्ष रत्नकुश रञ्जीत, क्षितिज अंग्रजी सेकेण्डरी स्कुल बनेपाका प्रिन्सिपल लिलाधर पौडेल, काभ्रेटाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने अतिथि हुनुहुन्थ्यो । हाँस्य कलाकारहरु प्रदिप पाठक र बद्री पुडासाइनीले आ–आप्mनो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुले संस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थिए ।

       समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. चन्द्र प्रसाद लुइटेलले, अभिभावक, शिक्षक र विद्यार्थीहरु सबैले आ–आप्mनो जिम्मेवारी पुरा गरे शिक्षामा गुणस्तरीय परिणाम आउने उल्लेख गर्दै सिद्धार्थ एकेडेमीले त्यसको पुरा गरेको उदाहरण अभिभावकको कार्यक्रममा उपस्थिति र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको प्रस्तुतीले प्रस्ट पारेको बताउनु भयो । प्रमुख अतिथि लुइटेलले भन्नुभयो विद्यालयको शैक्षिक वातावरण, शिक्षण विधि, शैक्षिक विषय बस्तु, विद्यार्थी वर्गको शैक्षिकरुचिको छनौट अनुसारको बालमैत्री शिकाइ गर्न शिक्षकहरुको लगन शिलता भएकोले संस्थागत विद्यालय मध्ये सिद्धार्थ उत्कृष्ट हुन सकेको उल्येख गर्नु भयाो । विद्यालका प्रिन्सिपल गुञ्ज प्रसाद लुइटेलले शैक्षिक प्रगति प्रविवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक सुधिर न्यौपानेले गर्नुभएको थियो । उक्त विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म ८ सय ५० विद्यार्थीले अध्यनरत छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्