किरात समाज काभ्रे संगठित हुँदै अधि बढेको छ । नेपालको पूर्विय भेगमा जन्म लिएर आ–आप्mनो कर्म थलो बनाउदै काभ्रे जिल्लामा बसोबास गर्दै आएका राई लिम्बु याख्खा सनुवारहरुको आप्mनो भाषा लिपी संस्कार अनि संस्कृतिको उत्थान र जगेर्ना गर्नको निमिक्तको किराति दाजुभाइमा बन्धुत्वको भावना निहित बहनको लागि किरात समाज काभ्रे संस्था दर्ता स्थापना गरी उक्त संस्थाको तर्पmबाट बृहत बनभोज कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा अध्यक्ष मनि कुमार तुम्रोक शुब्वाबाट समाजको अब धारणा प्रस्तुत भएको थियो भने उपाध्यक्ष जय राई द्वारा स्वागत गरीएको थियो । सचिव रंजित राइले संचालन गरेको कार्यक्रममा विभिन्न मनोरञ्जानात्मक सांगितिक प्रस्तुतिको साथ मनोरन्जन खेलहरुको साथ वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
