IMG-LOGO

पतंजली योग समितिमा नारी दिवस

 मंगल, फागुन ३०, २०७९  ---

 

       ११३ औँ अन्तराष्ट्रिय नारीदिवसको उपलक्ष्यमा पतंजली योग समिति काभ्रे, महिला योग समिति काभ्रे, महिला योग समिति ललितपूर, भक्तपूर र काठमाडौँ जिल्लाबाट संयुक्त रुपमा काभ्रेको बनेपा स्थित योग भवनमा अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमको आयोजना सम्पन्न भयो । पतंजली योग समिति राष्ट्रिय महिला प्रभारी साधवी देवदिनी र बनेपा नगरपालिकाका उप–प्रमुख विमला सापकाटा दाहालबाट संयुक्त रुपमा संयुक्त उद्घाटन गर्नुभयो ।

       उक्त अवसरमा पतंजली योग बाग्मती प्रदेश, महिला सह–प्रभारी कविता थपलिया, बाग्मती प्रदेश सल्लाहकार द्धय पूनम कर्माचार्य, देवी देवकोटा, ललितपूर जिल्ला महिला समितिका उपाध्यक्ष अनामिका श्रेष्ठ, काठमाडौँ जिल्ला महिला अध्यक्ष एंव केन्द्रिय सदस्य हिरा अधिकारी, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, युवा नेपालका अध्यक्ष मिरा श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत नृत्य रेनु दुलाल, मनिषा वडाल का साथै कविता बाचन महिला साधिकाहरु भवानी गुरुङ्ग, हिरा अधिकारी, शान्ति महतो र पुष्पलता दाहाल लगायतले गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो ।

       यसै वीच पतंजली योग समिति धुलिखेल योग साधना केन्द्रको छैठौँ वार्षिक समारोहको पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजले र धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जंगमले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलित गरी उद्घाटन गर्नुभएको थियो ।

       सो अवसरमा धुलिखेलका योग साधकहरुले विभिन्न रोचक योग साधना नृत्य र आसनहरु प्रस्तुत गरिएको कार्यक्रममा बाग्मती प्रदेश प्रमुख तौजले, उप प्रमुख निराजन जंगम, संजिवनी मा.वि. सहायक प्रधानाध्यापक देवी प्रसाद ढुङ्गाना, काभ्रे योग खेलकुद पत्रकारका अध्यक्ष पूर्णचन्द्र सिग्देल, युवा अध्यक्ष रमेश श्रेष्ठ, महिला योग जिल्ला अध्यक्ष अनु श्रेष्ठ, सुस्मा वजगाई, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ र पतंजली योग काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको सवापतित्व धुलिखेल योग साधना केन्द्रका संयोजक दिवाकर जंगमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्