बनेपाको प्राचिन धार्मिक चन्द्रकीर्ति विहार पुनः निर्माण शिलान्याश कार्यक्रम शनिवार सम्पन्न गरेको छ । प्रमुख अतिथि अ.ने. भिक्षु महासंघक निवर्तमान सचिव भिक्षु राहुल महास्थविर हुनुहुन्थ्यो । बागमती प्रदेश सदस्य कञ्चन चन्द्र बादे, धर्मदेशक भिक्षु, कौडिन्य महास्थविर, भिक्षु बोधिज्ञान महास्थाविर, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको आतिथ्यता रहेको थियो ।
भिक्षु मेधंकर महास्थविरको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष एवं बनेपा वडा नं. ७ का अध्यक्ष हिटलर शाक्यले स्वागत मन्तव्य दिनु भएको थियो । समितिका कोषाध्यक्ष दिपेन्द्र बज्र्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । समितिका सदस्य जय मानन्धरले चन्द्रकीर्ति विहारको परिचय पुन निर्माण गर्नुपर्ने औचित्यको बारेमा प्रस्ट पार्नु भएको थियो । २००६ सालमा निर्मित चन्द्रकिर्ति विहार भूकम्प पछिको क्षतिग्रस्त भवन अहिले पुनः निर्माणका लागि शिलान्यास गरिएको हो । विहारको लागि चन्दा सहयोग दिनेहरुको नाम आगामी हप्ताको काभ्रे टाइम्समा प्रकाशित गरिने छ ।
