IMG-LOGO

एम्नेस्टी बनेपाले महिला दिवस मनायो

 मंगल, फागुन ३०, २०७९  ---

 

       ए.आई. नेपाल ४३ समूह बनेपाले ११३ औं अन्र्ताष्ट्रिय महिला दिवस समुहका अध्यक्ष बुद्धिमान जोशीको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अधक्ष्य शुभ लक्ष्मी मानन्धर हुनुहुन्थ्यो । कार्यक्रममा  संस्था पूर्व केन्द्रिय महासचिव रस्मिला भोछिभय,पूर्व संयोजकहरु उत्तम मानन्धर, सिद्धि गोपाल मानन्धर, हरिस चन्द्र मानन्धर र राजन भालु, त्यस्तै गरी कार्य समिति सदस्य लगायतको सभगितामा कार्यक्रम सम्पन्न भएको थियो । लैगिक समानताको बलियो आधार श्रृजनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार मूल नाराका साथ मनाइएको कुरा संस्थाका सदस्य देवी प्रसाद गौतमले बताउनु भयो।कार्यक्रमको संचालन सचिव सुरज मकै श्रेष्ठले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्