IMG-LOGO

सञ्चारकर्मी अरबिन्द्र सम्मानित

 मंगल, फागुन ३०, २०७९  ---

 

       विगत १० वर्ष देखि पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । काठमाडौंमा आयोजित दशौ म्युजिक खबर म्युजिक अवार्डको मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा गौतमलाई म्युजिक खबर पत्रकारिता सम्मान प्रदान गरिएको हो । राजनीति, कला, साहित्य तथा रङ्ग पत्रकारितामा निरन्तर रुपमा सक्रिय रहि नेपाली कला संस्कृति एवम् साहित्यको क्षेत्रमा दिएको योगदानको कदर गर्दै उपप्रधान तथा उर्जा जलस्रोत तथा सिंचाइ पूर्व मन्त्री राजेन्द्र लिङ्देनको हात बाट सम्मानित भएका छन् ।

       नव क्षितिज साप्ताहिकका सह–सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह–सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत मिडियामा आवद्ध रहेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्