बेलर इन्टरनेशनल एकेडेमी बनेपाको दोश्रो संस्करण अन्तर्गतको अभिभावक दिवश तथा सांस्कृतिक कार्यक्रम गत मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमूख दिपक कुमार गौतमको प्रमूख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विवध साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि गौतमले गुणस्तरीय शिक्षामा बेलर अब्बल रहेको भन्दै बालवालिकालाई नैतिक व्यवहारिक शिक्षा मूख्य कुरा रहेको उल्लेख गर्नु भयो। कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले नागरिकहरुलाई शिक्षासँगै जिवनोपयोगी ज्ञान प्रदान गरिएको बताउनु भयो । विद्यालयकी प्रिन्सिपल इन्दु थापाले स्वागत मन्तव्य राख्नु मर्को कार्यक्रममा अभिभावक इश्वरी ओझा पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना विद्यालयको प्रवन्धक निर्देशक पवनकुमार थापाले सम्बोधन गर्नु भएको थियो । विद्यालयमा ५ वर्ष सेवा पुरा गरिएका शिक्षक सरिता कार्की देवरकी काफ्ले अञ्जु, देवी, विनिता, क्ष्क्ब् प्रमाण पत्र पाउन सफल अनिता वैद्य र इसु श्रेष्ठलाई सम्मान गरिएको थियोे ।
