IMG-LOGO

नमोबुद्धका कृषकलाई कृषि उपकरण

 मंगल, फागुन ३०, २०७९  ---

 

       भकुण्डेवेशी÷ नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।

       न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा इलेक्ट्रिक स्प्रेयर र पानी तान्ने पम्प १० वटा वितरण गरिएको कृषि समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । नगर प्रमुख कुन्साङ्ग लामाले कृषि सहकारी÷समुहका प्रतिनिधीहरुलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँले अनुदान वितरणमा दोहोरोपन नहुने भन्दै सामाग्रीहरुको उचित प्रयोग गरी उत्पादन र आम्दानी बृद्धि गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले फलफुल बगैंचा र माटो प्रयोगशाला स्थापनानको तयारी थालेको पनि जानकारी दिनुभयो ।

       नमोबुद्ध–८ स्थित उज्जवल कृषि सहकारी संस्था, नमोबुद्ध–२ स्थित गोल्मादेवी बहुउद्धेश्यीय सहकारी संस्था, नमोबुद्ध–४ स्थित कुशल महिला सहकारी संथ्स्था र वातावरण कृषक समुह, नमोबुद्ध–८ स्थित भकुण्डेवेशी विउ विजन सहकारी संस्था र नमोबुद्ध–७ स्थित सल्लेडोल कृषक समुहले ५० प्रतिशत अनुदानमा ती सामाग्री बुझेका हुन् । कृषि शाखामा कार्यरत प्राविधिक सहायक नविन अधिकारीका अनुसार, कार्यक्रम लागू भएका ती समूह÷सहकारीलाई २ वटा तालिम प्रदान गरिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्