IMG-LOGO

शिरमेमोरियल अस्पतालमा प्रविधिमैत्री उपचार सेवा

 मंगल, फागुन ३०, २०७९  ---

       बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिज अस्पतालले पुनः प्रविधिमैत्री आँखा विभागको शुरुवात गरेको छ । बनेपा नगर प्रमूख शान्तिराज शाक्यले क्लिनिक र अटोमेन्ट्रिक शाखाको उद्घाटन गर्दै स्थानीय सरकारकों तर्फबाट अस्पतालसँग समन्वय गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो । रोटरी क्लबको सहयोग र बनेपा नगरपालिकाको व्यवस्थापनमा अस्पताललाई आवश्यक पर्ने सिटिस्क्यान मेशिन ल्याउन प्रयाशरत रहेको भन्दै उहाँले अस्पतालला त गुणस्तरीय, प्रविधि मैत्री बनाउनु पर्ने उल्लेख गर्नु भयो। अस्पतालका प्रमूख कार्यकारी अधिकृत डा . हेक्टर गारयेश सेवाग्राहीलाई एउटै छानामुनी सबै सेवा दिने उद्देश्य अनुरूप आँखा विभागको सेवा सुचारु गरिएको बताउनु भयो ।       आँखा विभागकी डा. रोजी मानन्धरले भिजन टेष्ट, कलर भिजन टेष्ट , अटो रिफ्याक्सन, आँखाको प्रेसर लगाएतको परीक्षण गरिने जानकारी दिनुभयो। अस्पतालका मेडिकल अधिकृत डा. एन्जिला बस्नेत अटोमेन्ट्रि ( चस्मा घरका ) रमेश श्रेष्ठ वडाअध्यक्ष बलराम अधिकारी, प्रशासनका सुन्दर थापा, पुकार श्रेष्ठ, सूर्य प्रभा शाक्य, समाजसेवी उत्तम मानन्धर, रोल्डर ग्रेट , हक्सन, रोजर क्यावेज, कर्मचारी मजदुर युनियनका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत अस्पतालका डिपार्ट प्रमूखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्