IMG-LOGO

पनौती नगरपालिकाको १२ औं नगर सभा

 मंगल, फागुन ३०, २०७९  – हरिनाथ न्यौपाने

       पनौती नगरपालिकाको बाहौं नगरसभा शुक्रवार सम्पन्न भएको छ। नगरप्रमूख रामशरण भण्डारीको समाध्यक्षमा सम्पन्न भएको सभाभा उप – प्रमूख गिता वज्जाराले चालु आर्थिक वर्ष  २०७९ ÷ ८० का लागि स्विकृत योजना तथा कार्यक्रममा संशोधन प्रस्ताव पेश गर्नु भएको थियो। सभामा वडा अध्यक्ष वेद प्रसाद वञ्जाराले चालु आ. ब . २०७९ ÷ ८० को माघ मसान्त सम्मको आय व्यय अनुमोदन प्रस्ताव पेश गर्नुभयो वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आव २०७९ ÷ ८० को यस अवधि सम्मको हासिल उपलब्धी प्रगति प्रतिवेदन पेश, वडा अध्यक्ष जयराम के .सी . ले चालु २०७९ ÷ ८० को यस अवधि सम्मको न्यायिक समितिकों प्रतिवेदन पेश गर्नुभयो । त्यस्तै वडा अध्यक्ष विनो खत्रीले चालु आ.व .२०७९ ÷ ८० को यस अवधि सम्मको योजना अनुगमन तथा फरक फरक समितिको प्रेतिवेदन पेश गर्नु भयो । त्यस्तै वडा अध्यक्ष भिम प्रसाद आचार्यले चालु आ. व . २०७९ ÷ ८० को यस अवधि सम्मको विपद् व्यवस्थापन समितिको प्रतिवेदन पेश वडा अध्यक्ष सहकुल कुमार हुमागाईंले ११ औं नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरु अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो ।

       प्रगर पालिकाका प्रमूख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी कर्मचारीहरु जनप्रतिनिधीहरु सञ्चारकर्मी हरुको उपस्थिती रहको सभामा वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्बन्धी विधेयक २०७९ पेश, वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०५४ मा पहिलो संशोधन सम्वन्धि प्रस्ताव पेश गर्नु भयो। भने वडा अध्यक्ष दिपक प्रसाद दाहालले धन्यबाद प्रस्ताव पेश गर्नु भएको थियो। वडा न . १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी भने प्रस्ताव पेश गर्न आफ लाई नदिएर अपमान महसुस गरेको भन्दै वैठक स्थलबाट बाहिरीनु भयो। भने एमाले निकट वडा अध्यक्षहरुले विविध विषयमा सम्बोधनको माग राखी वैठक केही समय स्थगित गरेका थिए । छलफलबाट उठेका विभिन्न विषयहरुको नगरप्रमूख भण्डारीले सम्बोधन गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्