IMG-LOGO

ज्योति मिमिरे साकोसको १० औं एकिकरण दिवस

 मंगल, फागुन २३, २०७९  ---

 

      पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको १० औ एकिकरण उत्सवभूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय,सहकारी विभागका रजिष्टार नमराज घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा शुक्रबार सम्पन्न भयो ।

       संस्थाको १० औ एकिकरण उत्सव उद्घाटन समारोहमा प्रमुख अतिथि  विभागका रजिष्टार नवराज घिमिरेले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्‍याएको योगदानको चर्चा गर्नुुभयो । सहकारीले सदस्यको जीवनस्तर उकास्न निकै ठूलो भुमिका रहेको हुदाँ आफ्नो पक्षबाट सहकारीको आर्थिक, सामाजिक समृद्धिमा महत्वपुणर् भुमिका खेल्ने बताउँदै नेपालमा समुदायमा आधारित ज्योति मिर्मिरे सामूहिक साकोस जस्ता सहकारीमा समस्यानभएको तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई नटेकी नातावाद र कृपावाद साथै मेरो संस्था भनि व्यक्तिगत संस्थाको रुपमा चलेका संस्थामा समस्या देखिएको र त्यसको पनि समाधान गर्न सहकारी विभाग आफ्नो जिम्मेवारीवाट पछि नहटने कुरा बताउनुभयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूणर् भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै सहकारीका मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्य केन्द्रित भई संस्था सञ्चालन गरेमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.वि. वस्नेतले यस संस्थाको प्रथम एकिकरण घोषणाको दिनदेखि सँंगै रहेको र अबका दिनमा पनि सँगसंगै रहिरहने र काभ्रे जिल्लामा उत्कृष्ट सहकारीको रुपमा यस संस्था रहिरहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

      यसैगरी अतिथिको आसनबाट वोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापित भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो साथै सहकारी अभियानमा देखिएको समस्यालाई जिल्ला संघ अग्रस्थानमा रहि समाधान गर्न लागिपर्ने कुरामा समेत जोड दिनुभयो ।कार्यक्रममा  शुभकामना मन्तव्य राख्दै सहकारी विज्ञ डा. शिवजि सापकोटाले सहकारी सफल रुपमा सञ्चालन गर्न सहकारीका सिद्धान्तको मर्मलाई बुझि अक्षरस पालना गर्दै सुशासन कायम गर्न र सुशासन नियमनका लागि संचालक समिति सधै चनाखो रहनुपर्ने बताउनु भयो ।

      कार्यक्रममा बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले नेपालमा सहकारी एकीकरणमा नमुना मोडेल तयार पारी एकीकरणको कार्यविधिको डाफ्ट्र यसै संस्थाले तयार गरेको र आगामी दिनमा पनि संस्था एकिकरणको नमूना बन्ने प्रेरणा मिलोस भनि शुभकामना व्यक्त गर्र्नुुभयो । पत्रकार महासंघका निबर्तमान अध्यक्ष तथा चेष्टा साप्ताहिकका सम्पादक मोतिराम तिमल्सिनाले सहकारीमा जे जति विकृति देखा परेका त्यसको समाधानको लागि सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई नविर्सी संस्था शुसासन एवं पारदर्शी भई संचालन हुनुपर्ने बताउनुभयो । जिल्ला बचत संघका कार्यवाहक अध्यक्ष सागरनाथ कपालीले पनि संस्थाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

      संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममाप्रत्येक बर्ष एकीकरण दिवसको अवसरमा सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले यस बर्ष १८८ जना जेष्ठ सदस्यहरुलाई वार्षिक रु ५०० भत्ता सहित सम्मान, संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,२०७८ सालको क्भ्भ् परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्य सहित १७ जना महानुभावहरुलाई सम्मान  समेत गर्नुका साथै काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ३५३ जनाले स्वास्थ्य सम्बन्धी साधारण चेक जाँच , रगत परीक्षण, सुगर, प्रेसर, युरिक एसिड, आँखा सम्बन्धी सम्पूणर् परीक्षण, गाइनो, भिडियो एक्सरे, ईसिजी परीक्षण गरेका थिए । उक्त शिविरमा परीक्षण गर्न आउने सम्पूणर् सदस्यहरुलाई संस्थाको पहलमा थप उपचारका लागि काठमाडौं मेडिकल कलेजले औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

      ”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोसले काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाई हाल १५५०० शेयर सदस्य तथा १४८० बाल बचतकर्ता सदस्यहरु मार्र्फत करिव कूल १ अर्ब १०करोड माथिको कारोवार पुगेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्