IMG-LOGO

बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा

 मंगल, फागुन २३, २०७९  ---

 

      बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको छ । अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहिन, गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने पालिकाले नीति लिएको हो । शिक्षा शाखा प्रमुख पुस्पा राईले विद्यालय भर्ना नभएका,अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावक विहिन भएकै कारण विद्यालय नगएका तथा गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने योजना रहेको जानकारी दिनुभयो ।

      कार्यक्रमले ४ वर्ष पुरा भइ १३ वर्ष ननाघेका बालबालिकाका समेटिने छ्न । जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने शाखा प्रमुख राईले जानकारी दिनुभयो । यसका लागि प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने, शिक्षा समिति, वि.व्य.स. तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढंगले परिचालन गरिने, फारम तयारी गरिने, सुचक बनाएर टोलि खटाइने उल्लेख छ । यस्तै वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाई पनि परिचालन गर्ने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र पालिकाले पनि बालबालिकाको खोजपड्ताल गर्ने, तथ्याङ्क सहि छ छैन भनी क्रस भेरिफाइसमेत गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइ कार्यक्रम सफल बनाउने लक्ष्य पालिकाले लिएको छ ।

      अपाङ्गता भएका, गरिबीका कारण, आमाबुबा नभएका कारण विद्यालयसम्म नपुगेका केही बालबालिका रहेको आफूले पनि जानकारी पाएको भन्दै उहाँले गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा शुरू गरिने र निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्ने र अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमबारे गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, शिक्षा समिति, वि.व्य.स. तथा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीको उपस्थितिमा तयार परिएको कार्यविधिबारे छलफलसमेत भएको छ । निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम केन्द्र सरकारको सामाजिक विकाश मन्त्रालय अन्तर्गतको कार्यक्रम हो । काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकामा यो कार्यक्रम लागु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्