IMG-LOGO

आत्मा विकास माध्यमिक विद्यालयको ६३ औ वार्षिकोत्सव मनायो

 मंगल, फागुन २३, २०७९  ---

 

      बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको ६३ औ वार्षिकोत्सव कार्यक्रम बुधबार विविध कार्यक्रमका बीच सम्पन्न भएको  । नेकपा माओवादीकी सांसद मिना तामाङको प्रमुख आतिथ्य तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङले शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । रक्ति दरवन्दीको परिपुिर्त, स्तरीय शैक्षिक वातावरणको निर्माण, दक्ष शिक्षक शिक्षिका भएमा राज्यले लिएको शैक्षिक लक्ष्य हासिल हुने भन्दै उहाँले आफूले यसका लागि आवाज बुलन्द पार्दै शिक्षा क्षेत्रका माग पुरा गराउन लागि पर्ने बताउनु भयो ।

      कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आत्माविकासले विगत ६ दशकदेखि उक्त भेगमा पुर्‍याएको शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यालयको भौतिक पूर्वाधार र स्तरीय शिक्षण सिकाइ, युग सापेक्ष शैक्षणिक वातावरण बनाउन विद्यालय परिवारलाई आग्रह गर्दै यसका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो । पौराणीक युगदेखि हालसम्म आउँदा पनि शिक्षा नीति परम्परावादी शैलीबाट चल्दै र चलाउँदै आएकोमा विद्यालय समुदायमा हस्तान्तरण, विद्यालय व्यवस्थापन समति िगठन, शक्षिक अभभिावक संघको गठन, जल्लिा शक्षिा समति,ि विद्यालय क्षेत्र सुधार कार्यक्रम, विद्यालय क्षेत्र वकिास कार्यक्रम, शक्षिण अनुमतपित्र तथा प्रधानाध्यापक नयिुक्त,ि विद्यालयको संरचनागत तह आद िवषियमा पन िनीतगित स्पष्टता बनाउनु पर्ने भएकाले केन्द्र सरकारले यसमा ध्यान दनि आवश्यक रहेको औल्याउनु भयो ।

      कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले अभभिावकको मागलाई ध्यानमा राख्दै स्तरीय शक्षिण सकिाइको वातावरण बनाउदै लैजाने, विद्यालयलाई शक्षिण सकिाइका लाग िआवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने प्रतविद्धता व्यक्त  गर्नुभयो । उहाँले भन्नुभयो “सामुदायिक विद्यालय अब्बल छन भनी प्रमाणति गरेर देखाउने समय आएको बताउनु भयो ।

      कार्यक्रममा साँस्कृतिक कार्यक्रम, विभिन्न समयमा विविध गतिविधिका बिजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको .थयो । वि.व्य.स. अध्यक्ष जगतबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू क्रमशः मधुसुधन तिमल्सिना, पुरूषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइबा, विभिन्न वडाका सदस्यहरू, वि.व्य.स.का पूर्व अध्यक्षहरू लिलाबहादुर लामा, मेनकुमार लामा, प्रहरी चौकी ढुंखर्कका इञ्चार्ज, अभिभावक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल डेरी एशोसियशनले ६२ औं वार्षिकोत्सवका लागि विशेष प्रकारको केक प्रदान गरेको थियो भने ५ नं. वडा अध्यक्ष राजकुमार वाइबाले उपस्थिति सबैलाई खीर खुवाउन दुध र वि.व्य.स. सदस्य खिलकुमारी लामाले चामलको प्रवन्ध समेत मिलाउनु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्