बेथानचोक-६, सिउरानी, बेथानचोक गाउँपालिका वडा नं. ६ को सिउरानीमा कूल १ करोड ९३ लाख ६३ हजार २५७ रुपैया लागतमा निर्माण सम्पन्न ‘सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना’को गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ । आयोजनाबाट २ सय २३ घर धुरीका १ हजार ३ सय ३७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ भाद्र महिनामा शुरु भएको आयोजना २०७९ पौषमा सम्पन्न भएको हो । आयोजना गाउँपालिकाको रु. ४९ लाख २२ हजार ६ सय ४६, रोटरी क्लब बौद्धको रु. ९२ लाख ७३ हजार ९ सय ४३, समुदायबाट रु. ६ लाख ९९ हजार र जनश्रमदान रु. ४७ लाख ६७ हजार ६६७ गरी कूल रु. १ करोड ९६ लाख ६३ हजार २५७ मा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक गाग्री पानीको लागि पूरै बिहान बिताउनु पर्ने र वस्तुभाउलाई अड्कली अड्कली मात्रै पानी खुवाउनुपर्ने दूरावस्थाबाट बेथानचोक चाडै मुक्त हुने बताउनु भयो । नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको भए पनि खानेपानी कै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विगतका विडम्बना भएको उहाँको भनाई थियो । कार्यक्रममा उहाँले रोटरी क्लब बौद्ध, रोटरी क्लब स्कटल्याण्डका प्रतिनिधि, नेवा र बेथानचोक गाउँपालिका र स्थानीय श्रमदानसमेतबाट करिब १४ सय जनसंख्याका लागि खानेपानी सहज बनाउनुहुने स्थानीय, अग्रज, श्रमदाताहरुप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाका नागरिकको ओठमा खुसी ल्याउन मद्दत गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नागरिकको चेतनास्तर वृद्धि गर्न सके समाज रुपान्तरणमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा रोटरी क्लब बौद्ध, रोटरी क्लबस्कटल्याण्डका प्रतिनिधिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सिउरानी भञ्जायाङखर्क खानेपानी तथा सरसफाई आयोजनका अध्यक्ष राम बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सेन्टलम एल्वम एकेडेमीको १८ औं वार्षिकोत्सव
सेन्टलम एल्वम एकेडेमीको १८औं वार्षिकोत्सव र अभिभावक दिवश तथा तेश्रो एसईई दीक्षान्त कार्यक्रम शनिवार स्कुल प्राङ्गण श्रीखण्डपुरमा भव्य रूपमा सम्पन्न भराको छ । एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीको प्रमूख आतिथ्यता एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल अग्निप्रसाद ज्ञवालीले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन पेश गर्नु भयो । एन प्याप्सनका केन्द्रीय कोषाध्यक्ष प्रताप थापा, विद्यालय संस्थापक अध्यक्ष गंगासागर रंजितकार उपाध्यक्ष सुरज श्रेष्ठ लगायत सञ्चालक समिति सदस्यहरु विद्यार्थी अभिभावक, शिक्षक शिक्षिका समाजसेवी पत्रकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्र्थीहरुले विविध साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
धुलिखेल न पा ५का वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ पनौती न पा ५ का वडाअध्यक्ष विनोद खत्री नेशनल प्याब्सनका काभ्रे उपाध्यक्ष वैधिकेश सचिव सुर्य पौडेल विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
