IMG-LOGO

एमालेको दुईमहिने ग्रासरुट अभियान

 मंगल, फागुन २३, २०७९  ---

      नेकपा एमालेले मिसन ग्रासरुट दुई महिने अभियान सहित संगठन विस्तार र संगठनीक सुदृढीकरण गर्न गाउँ गाउँ टोल टोल अभियानमा जुटेको छ । दुईमहिने अभियानमा पार्टी सदस्यता नविकरण, प्रशिक्षण, भेला, बैठक अन्तरक्रिया र कमिटीहरुको उचित व्यवस्थापन गर्ने कार्यक्रम रहेको कुरा एमाले काभ्रे अध्यक्ष अशोक व्याञ्जुले बताउनु भयो । ग्रासरुटको अभियानका साथ पार्टीलाई सुसंगठीत बनाउन योग्यता दक्षताका आधारमा पार्टीलाई उर्जासिल बनाउनलागि परेका व्यक्तिहरुलाई जिम्मेवारी दिन तयार रहेको एमाले पोलिटयुरो सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले बताउनु भयो । एमालेले काभ्रे जिल्लामा ६ जनालाई प्रतिनिधिको रुपमा जिम्मेवारी दिई खटाएको छ ।

      पोलिटयुरो सदस्य रामेश्वर फँुयाल, पनौती नगरपालिका, महाभारत गाउँपलिका, खानीखोला गाउँपालिका खटिनु भएको छ । त्यस्तै गरी केन्द्रय कमीटी सदस्य विद्या सुन्दर शाक्य, बनेपा नगरपालिका र धुलिखेल नगरपालिका खटीनु भएको छ । केन्द्रय कमिटी सदस्य गणेश पहाडी बेथानचोक र रोशी गाउँपालिका, केन्द्रीय सदस्य नारायण सिलवाल चौंरीदेउराली र भूम्लु गाउँपालिका, उषाकीरण लिमल्सिना पाँचखाल र मण्डन देउपुर नगरपालिका, केन्द्रीय सदस्य यम वहादुर परियार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिका खटिनु भएको एमाले जिल्ला कमीटी सचिव राजन भूर्तेलले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्