IMG-LOGO

शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन हामी प्रतिवद्ध छौं ः पूर्व सभाप्रमुख महरा

 मंगल, फागुन २३, २०७९  - हरिनाथ न्यौपाने

      नेकपा (माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णवहादुर महराले संविधान,गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गराउनकै लागि दलहरूसँग सम्झौता गरी सरकार वनाएको दावी गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले फागुण १४ देखि फागुण २१ गते सम्म मनाइरहेको साहिद सप्ताहमा आइतवार सहिद परिवारलाई सम्मान गर्दै उहाँले सहिद वेपत्ता, घाइते परिवारलाई भेट्न छोडेको र श्रमजीवी जनताको समस्या सुन्न घरदैलोमा नगरकै कारणले पार्टीको लोकप्रियता घटेको उल्लेख गर्नुभयो ।

      काभ्रे प्रतिनिधी सभा क्षेत्र नं १ का सभासद सुर्यमान दोङले राष्ट्रिय राजनीतिको परिस्थिती चुनौती पूणर् रहेको भन्दै संविधान जोगाउनु मूख्य आवश्यकता रहेको उल्लेख गर्नु भयो । जिउँदो शहिद मुकेश कायस्थ,शसस्त्र जनयुद्धका साहिद रामेश्वर श्रेष्ठ , कमल चौलागाई कपिल प्रसाद गजुरेल घाइते भोला प्रसाद अर्याल र वेपत्ता प्रकाश घिमिरेको परिवारका आफन्तलाई सम्मान गरिएको उक्त कार्यक्रममा वामपन्थि आन्दोलनको नेता मोहन दुवाल प्रतिनिधी सभासदस्य मिना तामाङ्ग रञ्जिता, वागमती सभा सदस्य रुकु चौलागाई संविधान सभा सदस्य तेज वहादुर मिजार लगायत माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो । माओवादी केन्द्र बनेपा नगर समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष गोकुल बजगाईले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रमको सञ्चालन सचिव मोहन कुमार श्रेष्ठले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्