IMG-LOGO

काभ्रे क्याम्पसमा ताला बन्दी

 मंगल, फागुन २३, २०७९  ---

            स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ निर्वाचन नजिकिँदै गर्दा काभ्रे बहमुखि क्याम्पस बनेपामा भने तीन विद्यार्थी संगठनले  क्याम्पसको लेखाशाखामा तालाबन्दी गरेका छन् । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रदीप न्यौपाने, क्याम्पस कमिटीका अध्यक्ष प्रमेश पौडेल र प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति अधयक्ष शिवराम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसको गलत नियतका कारण संकास्पद गतिविधि भएकोले तालाबन्दी गरिएको उल्लेख गरिएको छ । क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको उनीहरूको आरोप छ । संयुक्त विज्ञप्ति जारी गर्दै तीन संगठनका प्रतिनिधि सहित निर्वाचन समितिको अनुरोधमा मात्र ताला खुलाउने जानकारी गराएका छन् ।

            त्रिभुवन विश्विद्यलयले निर्धारण गरेको मापदण्ड, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन निर्देशिका २०७९ अनुसार नै सबै काम गर्दै आएको क्याम्पस प्रशासनले जनाएको छ । त्रिविविले निर्धारण गरेको मापदण्ड अनुरूप २०७९ फागुण १९ गते बिहान दस बजे सम्म भर्ना भएका विद्यार्थीहरुको नामावली निर्वाचन समितिले प्रकाशित गरेको क्याम्पस सञ्चालक समिति सदस्य कृपेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो सबै विद्यार्थी हाम्रा लागि बराबर हुन शैक्षिक गुणस्तर वृद्धिका लागि कार्य गर्ने भएकाले विद्यार्थी सबैलाई हाम्रो आग्रह छ सौहार्दपूणर् वातावरणमा स्ववियू निर्वचन सम्पन्न गरौं क्याम्पस सञ्चालक सदस्य श्रेष्ठले भन्नु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्