IMG-LOGO

बनेपाली प्रधानले पाए २१ करोड पुरस्कार

 मंगल, फागुन २३, २०७९  ---

      जर्मनीको पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका वरिष्ठ नेपाली वैज्ञानिक डाक्टर प्रजल प्रधानले युरोपबाट १५ लाख युरोको अनुदान पाएका छन् । नेपाली रुपैयाँ २१ करोड बढीको अनुदान प्रधानलाई युरोपियन रिसर्च काउन्सिलले प्रदान गरेको हो ।

      प्रधानले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका तरिका बारेमा नेपालमा खोज गर्न सो अनुदान पाएका हुन् । ‘गत वर्षको जनवरीमा मैले ग्रान्टको लागि प्रस्ताव गरेको थिएँ’, नेपाल प्रेससँग जर्मनीबाट प्रधानले भने, ‘अहिले ग्रान्ट प्राप्त भएको जानकारी पाएँ । धेरै खुशी लागेको छ ।’ विद्यावारिधि गरेको सात वर्षभित्र उक्त ग्रान्ट प्राप्तिको योग्यता पुग्ने प्रधानले बताए ।

            धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट कृषि इन्जिनियरिङ गरेका प्रधानले वातावरणीय व्यवस्थापनमा उच्च तहको अध्ययन गरेका हुन् । विभिन्न खोज अनुसन्धानमा अनुभवी प्रधान दिगो विकास लक्ष्यका विश्वस्तरीय जानकार हुन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्