IMG-LOGO

बागमती टिपरको ११ औं वार्षिक साधारण सभा

 मंगल, फागुन १६, २०७९  ---

 

      बागमती टिपर व्यवसायी संघको ११ औं वार्षिक साधारण सभा २०७९ फागुण २ गते पोेखरामा सम्पन्न भयो । उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महा संघका अध्यक्ष श्री हिरालाल श्रेष्ठको प्रमुख आतिथीत्वमा भएको थियो । प्रमुख अतिथी श्रेष्ठले महा संघले ढुवानीका साधनहरुलाई समेत महा संघले दुर्घटना हुँदा विशेष सुविधा दिन्दै जाने बताउनु भयो । उक्त कार्यक्रममा संघका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्य, संस्थापक अध्यक्ष तथा संरक्षक राजभक्त प्रधान सल्लाहकार शेर बहादुर कुँवर र नि.ब. अध्यक्ष प्रेम लामालाई कदर पत्रबाट सम्मान गरिएको थियो । संघका अध्यक्ष सुरेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नविन वैद्य महा संघका महा सचिव राजेन्द्र वानिया, पुर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री, काभ्रे वस व्यवसायी प्रा.लि.का अध्यक्ष वर्ण शाक्य, सिन्धु हेलम्बु यातायात प्रा.लि.का अध्यक्ष राजेश कुमार श्रेष्ठ, हेब्भी इक्युपमेन्टका अध्यक्ष बालकृष्ण कोइराला, न्यु भिजन मिनिट्रक अध्यक्ष युवराज धामी, नेपाल पत्रकार महा संघ काभ्रेका नि.व. अध्यक्ष मोतिराम तिमल्सिनाबाट यातायात क्षेत्रको बारेमा बोल्नु भएको थियो । संघका अध्यक्ष सुरेश खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघको वार्षिक प्रतिवेदन राजेश खत्रीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नारायण कृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन माथि छलफल भइ व्यवसायीको हकहितको लागि तेस्रो पक्ष दुर्घटनामा सतप्रतिसत संघले खर्च व्यहोर्ने र संघले छनौट गरेको बिमा कम्पनीमा गाडीको विमा गर्ने गरी प्रतिवेदन अनुमोदन गरिएको कुरा संघका कार्यलय प्रमुख प्रकाश कायस्थले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्