IMG-LOGO

नेपाल पोलिस स्कुलको ३१ औं स्थापना दिवस

 मंगल, फागुन १६, २०७९  ---

 

      नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह–शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उहाँले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउदै जाने विश्वास व्यक्त गर्नुभयो । सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो । विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकन समेत गर्नुभयो । । नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्