IMG-LOGO

बेलर इन्टरनेशनल एकेडेमीको अभिभावक दिवश

 मंगल, फागुन १६, २०७९  ---

      बेलर इन्टरनेशनल एकेडेमीले अभिभावक दिवश तथा साँस्कृतिक कार्यक्रम आफ्नै स्कुल प्रागणमा सम्पन्न गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रधानाध्यापक इन्दु थापाले स्वागत मन्तव्य राख्नुभयो । विद्यालयमा ५ वर्ष सेवा पु¥याउनु भएको शिक्षक शिक्षिकाहरु जयराम थापा, सञ्जय कर्मचार्य, संजित श्रेष्ठ, सुमन कुँवर, शोभा लक्ष्मी श्रेष्ठ र सविता ढकाललाई सम्मान गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रम तेक्वाँन्डो काँटा प्रर्दशन गरिएको कार्यक्रममा काणिजंग गणका गणपति प्रकाश बहादुर सिंह, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भागेन्द्र पुरुष ढकाल, वरिष्ठ पत्रकार इश्वरी ओझा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निर्वतमान अध्यक्ष मोतिराम तिमल्सिना, पूर्वअध्यक्ष महेश पौडेल, एकेडेमीका प्रवन्धक निर्देशक पवन कुमार थापा, शैक्षिक निर्देशक डा.अनुप जंग थापा, क्याम्पस प्रमूख भगिरथ अधिकारी लगायत शिक्षक, कर्मचारी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्