IMG-LOGO

उग्रतारा बहुउद्धेश्यीय सहकारीको समिक्षा कार्यक्रम

 मंगल, फागुन १६, २०७९  ---

 

      बनेपाका स्थानीय ब्यापारि तथा उद्योगपतीहरुद्धारा संचालित उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.को हर हिसाबको चालु आ.ब. २०७९।०८० को अर्धवार्षिक समीक्षा बैठक संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको अध्यक्षतामा बस्यो । उक्त समीक्षा बैठकमा संस्थाका सल्लाहकारहरु, संचालक समितिका पदाधिकारीहरु ,लेखा सुुपरीबेष्क्षेण समितिका पदाधिकारीहरु,ऋण उपसमिति,शिक्षा उपसमिति,महिला उपसमितिका पदाधिकारीहरुका साथै कर्मचारीहरुको उपस्थिती रहेकोमा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले संस्थाको चालु आ.ब.को २०७९ पुष मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्नुभयो । बांकी अर्धबार्षिक अबधिको रणनीतिक योजना प्रक्षेपण पेश गर्नुका साथै उक्त अबधीमा शेयर पुंजी रु ५ करोड २६ लाख अडतीस हजार,जगेडा तथा अन्य कोष रु ४ करोड ४४ लाख ७४ हजार, कुल बचत ७८ करोड ६६ लाख ६८ हजार, कुल कर्जा लगानी बांकी ७४ करोड २३ लाख १० हजार गरी कुल सम्पत्ती रु ९३ करोड ९२ लाख ७८ हजार रहेको बताउनु भयो ।  समीक्षा बैठकको अन्त्यमा संस्थाका अध्यक्ष पुर्णप्रसाद पलाञ्चोकेले शेयर सदस्यहरुलाई बढी भन्दा बढी आर्थिक सुबिधाहरु बृद्धी गर्दै जाने बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्