IMG-LOGO

ज्ञानज्योतिको शैक्षिक प्रदर्शनी तथा २२ औं अभिभावक दिवस

 मंगल, फागुन १६, २०७९  ---

 

      ज्ञानज्योति इङ्गलिस स्कुलको बनेपा पार्टी भेन्युमा विद्यालयको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य शुत्रबार उद्घाटन गर्नुभयो । कार्यक्रम प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल, बनेपा वडा नं. ८ वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर शिक्षिका सविना पाण्डे, विद्यार्थी सुनिल पोख्रेल तथा प्रइसा श्रेष्ठले विद्यालयलाई शुभकामना मन्तब्य दिएका थिए । शिक्षिका सुस्मीता दोङ्गद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य सुर्यलक्ष्मी मानन्धरले गर्नुभएको थियो । विद्यालयको भावी कार्यक्रमबारे प्रिन्सिपल दिपक कर्मी मानन्धरले जानकारी दिएका थिए भने सभापतित्व विद्यालय संचालक समिति अध्यक्ष हिम प्रकाश प्रजापतिको रहेको थियो ।

      त्यस्ते ज्ञानज्योति इङ्गलिस सेकेण्डरी स्कूल बनपा–८ को शैक्षिक प्रदर्शनी फागुण ११ गते विद्यालय प्राङगणमा सम्पन्न भयो । बनेपा न.पा. वडा नं. ८ वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरद्वारा उद्घाटन गरिएको शैक्षिक प्रदर्शनी कक्षा ३ देखि १० सम्मका २६ वटा स्टलहरु राखिएका थिए । शैक्षिक प्रदर्शनी तथा फोटो प्रदर्शनी विद्यालयका अभिभावक तथा स्थानीयले अवलोकन गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्