पतंजली योग समिति काभ्रेको आयोजनामा नित्य चण्डेश्वर योग साधना केन्द्र धुलिखेल वडा नं. ९ स्थित काभ्रे भन्ज्याङ्गमा भएको १२ दिने योग उप–शिक्षक प्रशिक्षणमा सहभागी भई दिक्षित हुनुभएका योग उप–शिक्षकहरुलाई पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले प्रमाण पत्र वितरण गर्नूभयो । उक्त अवसरमा प्रदेश प्रमुख तौजलेले आपूmले सिकेका ज्ञानलाई जनजनमा योग घर–घरमा योग पु¥याउने हेतुले मानव स्वास्थ्यको लागि प्रतिवद्ध रहन अपिल गर्नुभयो ।
उक्त कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बद्रीप्रसाद हुमागाई, बाग्मती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठबाट मन्तव्य दिईएको कार्यक्रमको स्वागत भाषण पतंजली योग समिति महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभएको थियो । सोही कार्यक्रमबाट रामचन्द्र हुमागाईको अध्यक्षतामा नित्य चण्डेश्वर योग साधना केन्द्र समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा संरक्षक बद्रीप्रसाद हुमागाई(वडा अध्यक्ष), सह–संयोजक सरोज हुमागाई, अनन्तराम हुमागाई, रामप्रसाद हुमागाई, विष्णू प्रसाद हुमागाई, रेणुका लामिछाने दाहाल, रेखा हुमागाई, सरस्वती तिमल्सिना हुमागाई, सम्रित हुमागाई, मोहन प्रसाद हुमागाई र सावित्री कार्की रहनुभएको छ ।
