IMG-LOGO

काभ्रे क्याम्पसको ४२ औं वार्षिकोत्सव

 मंगल, फागुन १६, २०७९  ---

 

      काभ्रे बहुमुखी ( क्याम्पसको ४२ औं वार्षिकोत्सव समारोह शुक्रबार सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादेले समारोहलाई सम्बोधन गर्दै काभ्रे बहुमुखी क्याम्पसलाई प्रदेशकै विश्वविद्यालयको रूपमा स्थापना गर्ने धारणा व्यक्त गर्नुभयो । विशेष अतिथि बनेपा नगरपालिकाका प्रमूख शान्ति रत्न शाक्यले शैक्षिक क्षेत्रमा अब्वल रहेको क्याम्पसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख केजी वैदारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ‘थ्यासफू’  भाग १ र २ को विमोचन गरिएको थियो । वि.स. २०७२ देखि २०८७ सम्ममा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो । जस अन्तर्रगत शिवराम भैल छात्रवृत्ति देवराज बजगाई, सञ्चिता प्याकुरेल र चन्द्रावती राउटलाई दिलगंगा छात्रवृति सुष्मा न्यौपानेलाई किसन हरि छात्रवृत्ति नवराज श्रेष्ठलाई रीना किरण छात्रवृत्ति सुस्मिता थापालाई, खिलकुमारी गणेश बहादुर दुवाल छात्रवृत्ति सरस्वति पन्त र उमंग पसछेँ लाई प्रदान गरियो । चन्द्रराज हरिदेवी कायस्थ छात्रवृत्ति युगेश्वर कायस्थ रीना श्रेष्ठ सविना पौडेल र दिपेश शाहीलाई रत्नकुमारी कायस्थ छात्रवृत्ति मदन सापकोटा प्रेमलाल श्रेष्ठलाई लीला–मध्यमार्ग सम्मान छात्रवृत्ति रामकुमार श्रेष्ठलाई आशाकाजी सेवक छात्रवृति सुचित्रा तामाङ निकेश भण्डारी र यमुना कुंवरलाई प्रदान गरिराको कार्यक्रममा केदारनाथ विद्वतवृत्ति पुरस्कार ५ जना विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको कायक्रममा संविधान सभा सदस्य शिल कतिला बनेपा न.पा उप–प्रमुख विमला सापकोता दाहाल बनेपा वडा नं छ का वडा अध्यक्ष सचितानन्द के.सी.वडा न ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नं प् को वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर वडा न ९ का वडा अध्यक्ष नृपेश वादे लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा विभिन्न खेलकुद प्रतियोगिता कविता वाचनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मोहन दुवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन प्राध्यापक कृष्णप्यारी नकर्मीले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्