जिल्ला बचत संघ काभ्रेको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालका सहकारी राजिस्टार नवराज घिमिरेले ३ खम्बे अथनीतिमा १ स्वम्बा सहकारी संस्थालाई लिएको हुँदा सहकारी क्षेत्रको स्थायित्व र विकासले मात्र जनताको जीवनस्तरमा साच्चै परिवर्तन ल्याउने गरी कार्य गरेको खण्डमा देशमा चाँडै नै आर्थिक सम्मुनती हुने बताउनु भयो । सहकारी मुल्य मान्यता नीति विधि अनुसार सञ्चालन भएका समुदायमा आधारित सहकारी संस्थामा समस्या नआइ केहि सञ्चालक र उनीहरुको नता गोतालाई ऋण प्रवाह गरी वेथितिबाट सञ्चालनमा आएका सहकारीमा समस्या आएकोले त्यस्ता सहकारी र त्यसका सञ्चालकहरुरलाई कानुनी कठाघरमा उभ्याउने भनाई रजीस्तार नवराज घिमिरेले राख्नुभयो । सहकारी क्षेत्रको विकासबाट समाजवाद अर्थ व्यवस्थाको परिकल्पनालाई पुरा गर्ने हुँदा सरकारले सहकारी क्षेत्रको स्तरीयता सुद्धिढिकरण सहितको गुणस्तर कायम राखी शेयर सदस्यहरुको जीवनमा समृद्धि ल्याउने सवालमा आवश्यक पर्ने ऐन नियम कानुन निर्माण गरी सघाउने तर्क रजीस्तार घिमिरेले राख्नुभयो । नेपाल बचत तथा ऋण सहकारी संघका संचालक मन्दारा मिश्रले सहकारी क्षेत्रमा समस्यामा आएका विकृति, विसंगतिलाई हटाई शुसासन र पादर्शीता कायम राख्न सहकारी सञ्चालकहरु आपैmंले इमान्दारीता देखाउनुपर्ने र सरकारले पनि सहकारी क्षेत्रलाई निमोठ्ने नभइ प्रवद्र्धनमा सघाउनु पर्ने घारणा राख्नुभयो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले सहकारी अभियानलाई जोगाउन, सहकारी क्षेत्रको दिगो विकास गर्न, अभियानकर्मीहरु एक ठाउँमा उभियर अहिलेको संकट मोचन गर्न लाग्नुको विकल्प नरहेको उल्येख गर्नुभयो । संस्थाका सल्हाकार इन्द्र अधिकारीले सहकारी संस्थाहरु नीति विधि, पद्दती र प्रविधिमा एक साथ क्रमबद्ध दङ्गले कार्यान्वयन गरी सहकारी क्षेत्रलाई सुशासन र पादर्शीताम अब्वल रहन सक्नुपर्ने धारणा राख्नुभयो । संस्थाको महिला उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभप्एको कार्यक्रममा सचिव सुरेन्द्र पौडेलले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कोषाध्यक्षा जीवन श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको वार्षिक वजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिका संयोजक शिव आचार्यले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । २५ औं साधारण सभामा तीन संस्था सम्मानित जिल्ला बचत संघको २५ औं साधारण सभामा विन्धवासीनी सकोस, सुलभ सकोस र सक्षम सकोस बनेपा सम्मानित भएको छ । आ.व. ०७८÷०७९ मा २ सय ५० शेयर प्रारम्भीक सहकारी संस्थाबाट ८ करोड ३१ लाख ४० हजार शेयर पूंजी संकलन, ९२ करोड ९० लाख ८९ हजार २ सय ४९ बचत निक्षेप संकलन, ७९ करोड ६२ लाख ४६ हजार ३२ ऋण लागनी गरेर ११ करोड ५५ लाख २० हजार ४ सय ४७ कुल आम्दानी गर्न सफल भएको कुरा संघका प्रबन्धक गुरुप्रसाद ढकालले जानकारी दिनु भयो । संघको मुनाफा ४ करोड ५ लाख ७१ हजार १ सय ९८ रहेको छ । १ करोड २७ लाख ८७ हजार ८ सय २ करमा योगदान गरेको छ । समारोहमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना संघका सल्लाहकार, प्रमुख सल्लाहकार रामहरी केसी, प्रदिप थापा, तिर्थमाया प्रधान, कानुनी सल्लाहकार नवराजबडाल समिति उपसमिति प्रारम्भीक सहकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागीता रहको समारोहको सभापतित्व जिल्ला बचत संघका उपाध्यक्ष सागरनाथ कपालीले गर्नुभयो ।
