IMG-LOGO

सन्दीपलाई विदेश जान अनुमति

 मंगल, फागुन १६, २०७९  ---

      सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाइदिएको छ । उच्च अदातलले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको हो । उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए ।

      दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो । उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्