IMG-LOGO

कार्य सम्पादन मुल्याङनमा धुलिखेल नगर पहिलो

 मंगल, फागुन ९, २०७९  ---

 

      बजेट विनियोजन देखि योजना कार्यान्वयन सम्मको प्रदर्शनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट मापन हुने कार्य सम्पादन मुल्यांकनमा काभ्रे पलाञ्चोक जिल्लाका १३ स्थानीय तह मध्ये धुलिखेल नगरपालिका पहिलो भएको छ । धुलिखेल नगरले सबभन्दा बढी अंक ६५ दशमलव १३ अंक प्राप्त गरेको छ । त्र्रmमश दोश्रोमा नमोबुद्ध नगरपालिका ६४ दशमलव ६० प्रतिशत, बनेपा नगरपालिका ६१७ दशमलव ८५ प्रतिशत अंक ल्याइ तृतीय, त्यस्तै गरी गाउँपालिका मध्ये चौरीदेउराली गाउँपालिकाले ६२ दशमलव ९० प्रतिशत अंक ल्याएर प्रथम भएको छ । रोशी गाउँपालिकाले ६१ दशमलव १२ अंक ल्याएर ५ औ स्थान प्राप्त गरेको छ । बेथानचोक गाउँपालिका ५९ दशमलव ८७ प्रतिशत अंक ल्याइ छैठौ भएको छ । पनौती नगरपालिकाले ५५ दशमलव ३८ प्रतिशत अंक ल्याई सातौं स्थानमा। भुम्लु गाउँपालिका ५२ दशमलव ९० प्रतिशत अंक ल्याएर ८ औ स्थानमा खानीखोला गाउँपालिकाले ५२ दशमलव २८ अंक ल्याई ९ औ स्थानमा, पाँचखाल नगरपालिकाले ५२ दशमलव २५ प्रतिशत अंक ल्याइ दशौ स्थानमा, तेमाल गाउँपालिकाले ४९ दशमलव ७८ प्रतिशत अंक ल्याई ११ औ स्थानमा, मण्डनदेउपुर नगरपालिका ४६ दशमलव ५७ प्रतिशत अंक ल्याई १२ औ स्थानमा र महाभारत गाउँपालिकाले ४५ अंक ल्याइ १३ औ स्थान ओगट्न सफल भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्