IMG-LOGO

पतंजली योग समिति काभ्रेको यज्ञ तथा हवन कार्यक्रम

 मंगल, फागुन ९, २०७९  ---

 

      महाशिवरात्रीको पावन अवसरमा शनिबार पतंजली योग समिति काभ्रे, महिला पतंजली योग समिति काभ्रे र युवा समिति काभ्रेको आयोजनामा चण्डेश्वरी मन्दिरको प्रांगण बनेपामा बैद्धिक सनातन धर्म यज्ञ विज्ञान, बाताबरण शुद्ध, राष्ट्र उत्थान र सम्पूर्ण जनको सु–स्वास्थ्यको कामना सहित गायत्री मन्त्र महामृत्युञ्जय मन्त्र १०८ को यज्ञ तथा हवन गरी हर्षोलाषका साथ सम्पन्न गरियो ।

      पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठबाट स्वागत भाषण गरी विहान ६ः०० बजे देखि प्रारम्भ भएको उक्त यज्ञमा ९५५ जना महानुभावले हवन तथा यज्ञ गर्नु भएको थियो भने झण्डै २००० भन्दा बढी दशनार्थीहरुले अवलोकन गरिएको कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रुविन तौजलेको मुखारविन्दुबाट प्रारम्भ यज्ञमा संघिय सांसद गोकुल बास्कोटा, प्रदेश सासंद कंजन चन्द्र बादे लाई स्वागत सम्मान गरी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो ।

      पतंजली योग समिति काभ्रेका कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा पतंजली योग समितिका पदाधिकारी दमन कुमार श्रेष्ठ, प्रकाश कायष्ठ, अनु श्रेष्ठ, ईन्दिरा तौजले , मोहन कृष्ण श्रेष्ठ, श्याम श्रेष्ठ, माधव श्रेष्ठ, अन्जना श्रेष्ठ, कमला राजभण्डारी र निर्मला श्रेष्ठ, रामशरण श्रेष्ठ र बसन्त श्रेष्ठ लगायत योग साधकहरुको सक्रिय योगदान रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्