IMG-LOGO

बागमती प्रदेश प्रहरी प्रमुखबाट निरीक्षण भ्रमण

 मंगल, फागुन ९, २०७९  ---

 

      बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजित एक कार्यक्रमका बिच कार्यालय तथा प्रहरी कर्मचारीहरुको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नुभएको छ । बुधबार निरिक्षण भ्रमणमा उहाँले काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन् गरी हुन सक्ने तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्छौटलाई प्राथमिकता दिन र पिडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । निरीक्षण तथा अवलोकन भ्रमण पश्चात काभ्रेपलाञ्चोक जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, समाज सेवी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, महिला संजाल, पुर्व प्रहरी कर्मचारी, पत्रकारहरु लगायतका उपस्थितिमा संचालन गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा नागरिकहरुसंग प्रत्यक्ष सरोकार राख्ने शान्ति सुरक्षा, अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण जस्ता विषयहरुमा उठेका गुनासा, जिज्ञासा तथा अपेक्षाहरुको समाधान र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आम नागरिकहरुको दायित्व सम्बन्धमा सम्बोधन गर्नुभयो । नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङले कार्यक्रममा आमन्त्रित महानुभावहरुमा धन्यवाद मन्तव्य पश्चात, जिल्ला स्थित सुरक्षा समितिका प्रमुखहरुसंग काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो गतिविधी बारेमा जानकारी समेत लिनु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भागेन्द्र पुरुष ढकाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष वद्रीराज तिमल्सिना लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन डिएसपी ढुण्डीराज न्यौपानेले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्