IMG-LOGO

पाटीखर्क चलाल गणेशस्थान मुसेखोल्सा सडक कालोपत्रे गर्न शिलान्यास

 मंगल, फागुन ९, २०७९  – हरिनाथ न्यौपाने

      बेथानचोक गाउँपालिकाको गौरवको आयोजना ुु पाटीखर्क चलाल गणेशस्थान आलुबारी पाटी मुसेखोल्साुु सडक कालोपत्रेको बुधबार विधिवत रुपमा शिल्यान्यास गरिएको छ ।  गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सडकको शिलान्यास गर्दै चुनावका बेला जनतासामु गरेको वाचा बमोजिम सुरु गरिएको सडक निर्धारित समयमै पुरा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाले प्राप्त गर्ने विभिन्न श्रोतबाट बार्षिक ५ किलोमिटर सडक पक्कि गर्ने गाउँपालिका अध्यक्षको पहिलो निर्णयलाई नीति तथा कार्यक्रम, बजेटमा समेत समावेश गरेर चालु वर्ष भित्रै सम्पन्न हुने गरी कार्य सुरुवात गरिएको हो । पहिलो वर्ष आफ्नै श्रोतको ९ करोड रकम विनियोजन गरेर ५ किमी सडक कालोपत्रे गर्न लागिएको हो । शिल्यान्यास गरिएको सडक ३.७ किमी लामो छ । जस मध्ये २ किलो ५ सय मिटर २५ एमएमको आसपास पिच हुनेछ । ६ स्थानमा ११ सय ८५ मिटर लामो पक्कि ढलान हुनेछ । बेथान्चोक गाउँपालिकाको मुख्य सडक मानिएको उक्त सडक संघको राजधानी काठमाडौ देखि प्रदेशको राजधानी हेटौडासम्म जोड्ने लक्ष्य लिइएको छ । धरान चतरा सडकसँग जोडिने उक्त सडक फापरबारीसम्म पक्कि बनाउने उदेश्यले गाउँपालिकाले ललितपुरको बागमति, मकवानपुरको महाँकाल र बागमती गाउँपालिका सँग छलफल गरेको छ । पनौतीको जोशी जी÷घिसिङ्ग जेभी कम्पनीले ५ करोड ५० लाख ४ हजार ९ सय ३१ रुपैयामा ठेक्का सम्झौता गरेको  उक्त सडर्क  २०८० जेठ २५ गतेसम्म निर्माण सम्पन्न हुनेछ । चालु वर्षमा ८ वटा सडक निर्माणका लागि सम्झौता गरिसकिएको छ भने निर्माण शुरु भएका सडकहरुको निर्माण कार्य सम्पन्नका लागि पहल भईरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । सडक शिल्यान्यास कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी, निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा नं. ४ अध्यक्ष कृष्णबहादुर पाख्रिन लगायतले विकास निर्माणमा सबैको एकता आवश्यक रहेको भन्दै शिलान्यास गरिएको सडकले बेथानचोकको मुहार फेर्ने धारणा राख्नुभयो ।

तुम्रोक समाजको वनभोज (ताम्भुङचा) कार्यक्रम

तुम्रोक समाज काठमाण्डौले भाइचारा सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ दाजुभाइहरुको भेला सहित वनभोज (ताम्भुङचा) कार्यक्रम शनिबार सम्पन्न गरेको छ । समाजका अध्यक्ष डम्बरध्वज तुम्रोकले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष मणिकुमार तुम्रोक (सुब्बा) ले गर्नुभएको थियो । लिम्बु जातिले मनाउने संस्कार,सांस्कृतिक परम्परा झल्कने नृत्य प्रस्तुत गरिएको थियो । तुम्रोक समाज काठमाण्डौका सल्लाहकार देबेन्द्रकुमार तुम्रोकले हाक पारे (तालाम), धान नाच प्रस्तुत गर्नुभएको थियो । तुम्रोक, लिम्बु जातिको जन्मथलो पाँचथर जिल्ला (शिवा), इलाम, झापा र सुनसरी लगाएत देशभरका ७० जनाको कार्यक्रममा उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्