IMG-LOGO

ज्ञानकुञ्जको २० औं वार्षिकोत्सव

 मंगल, फागुन ९, २०७९  ---

 

      ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा  प्रतिष्ठानका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले एक बर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरेका थिए । शिक्षा विद्यार्थीका लागि विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि भन्ने मुल नाराका साथ नैतिक,व्यवहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिदै आएको प्रतिष्ठानको २०औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले सामाजिक विकासको लागि आफूहरुले सदैव शिक्षामा जोड दिएको बताए । एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताए । बार्षिकोत्सवको अवसरमा एक बर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । संचालक आत्मराम थापाले भौतिक, नैतिकसँगै व्यवहारिक शिक्षा ज्ञानकुञ्जवाट प्रदान भैइरहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग सुझावको अनुरोध समेत गरेका छन् । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर,बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी , काभ्रे जिल्ला प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेल, काभ्रे जिल्ला एन प्याब्सनका अध्यक्ष अग्नी प्रसाद ज्ञवाली, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने शिक्षासेवीहरु कृष्ण प्रसाद मानन्धर, ज्ञान बहादुर के.सी., राजभाइ मानन्धरलाई सम्मान गरिएको थियो । यो बर्ष प्रतिष्ठानले एक सय विद्यार्थीलाई २० लाखको छात्रवृत्ति प्रदान गरेको बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्