नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा सोमबार बिहान निधन भएको थियो । डा.श्रेष्ठ २०४७ सालमा बनेको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका थिए । कम्युनिटी मेडिसिनका प्राध्यापक श्रेष्ठले नेपाल सरकारको चिकित्सा पेसा अध्ययन र अध्यापानमा पाठ्यक्रम निर्माणमा महत्वपूर्ण काम गरेका थिए । नेपालजस्ता मुलुकमा जनस्वास्थ्यको क्षेत्रमा समुदायस्तरको प्राथमिक उपचारको महत्वलाई उपयुक्त हुने पैरवी गरिरहने, उनी २०४७ को आन्दोलन र, चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको स्थापनामा सक्रिय भूमिका थियो ।
