IMG-LOGO

नेपाललाई ३७ देशमा मात्र भिसा सहज

 मंगल, फागुन ९, २०७९  ---

      नेपाली पासपोर्ट (राहदानी) वाहकले विश्वका ३७ देशमा ‘अनअराइभल भिसा’ पाउने गरेको नयाँ सूची सार्वजनिक भएको छ । तर, यो खुसीको कुरा भने होइन। यसरी अनअराइभल भिसा पाउने पासपोर्टवाहक जापान र सिंगापुरका नागरिक सबैभन्दा भाग्यमानी हुन् । ती दुवै देशका पासपोर्टवाहकलाई संसारका १ सय ९३ देशमा अनअराइभल भिसा दिने गरिन्छ । अस्थिर राजनीतिले बारम्बार सरकार परिवर्तन भइरहने देशमध्ये नेपाल पनि एक हो। यही कारण नेपालको पासपोर्ट कमजोर बनेको छ । नेपाली पासपोर्टवाहकले केवल ३७ देशमा मात्र सहज भिसा पाउने गरेका छन्। यो सूचीमा नेपाल १ सय ९३औं स्थानमा छ ।

      राहदानी (पासपोर्ट) अनुसार यात्राका लागि उडान, बुकिङ गर्न, होटल खोज्न र त्यसपछि मात्रै जान सहज हुन सक्छ । तर, विश्वका धेरै देशका नागरिकलाई यो त्यति सजिलो भने छैन । धेरै पासपोर्टवाहकले पर्यटक भिसा प्राप्त गर्न आवश्यक छ। यी भिसा प्राप्त गर्न सामान्यतया गन्तव्य देशको सरकारबाट पूर्वस्वीकृति लिनुपर्छ । स्वीकृतिका लागि हप्ता वा महिना दिनसम्म लाग्न पनि सक्छ । भिसा नपाउन पनि सक्ने सम्भावना रहन्छ ।

जापान र सिंगापुरको पासपोर्ट शक्तिशाली

      जापान र सिंगापुरका पासपोर्टवाहक पूर्वस्वीकृति बिना संसाका सबै १ सय ९३ देश भ्रमण गर्न सक्षम छन्। अफगानीहरूले २७ देशमा मात्र समानस्तरको सहजतासाथ भ्रमण गर्न सक्छन् ।  यस्तै तेस्रो नम्बरमा दक्षिण कोरिया, चौथो जर्मनी, पाँचौं स्पेन, छैठौं फिनल्यान्ड, सातौं इटाली, आठौं लक्जेम्बर्ग, नवौं अस्ट्रिया र १० औं स्थानमा डेनमार्क छ । अमेरिका १७ औं स्थानमा छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्