IMG-LOGO

धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस गरिबी निवारण, प्रविधिमैत्री नगरनिर्माण र सबैको लागि खानेपानी प्रमुख उपलब्धि

 मंगल, फागुन ९, २०७९  ---

 

      धुलिखेल नगरपालिकाको ३७ औ स्थापना दिवस शुक्रबार नगर प्रमुख अशोक ब्याञ्जुको सभापतित्वमा सम्पन्न भयो । उपप्रमुख निराजन जंगमले स्वागत मन्तव्य दिनुभएको समारोहमा काठमाण्डौ युनिभरसिटीका पूर्वउपकुलपति तथा धुलिखेल अस्पतालका संस्थापक प्रो.डा रामकण्ठ माकजु प्रमुख अतिथि हुनुहुन्थ्यो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माकजुले विकास र समृद्धिको यात्रामा देशकै नमुना शहर स्थापित गर्न सकेको र गरिबी निवारण स्वस्थ्य शहर धुलिखेल अभियान, पर्यटन क्षेत्रको विकासमा समेत फट्को मार्न सकेकोले आगामी दिनमा अझ प्रगतिको बाटो अँगाल्न सक्नुपर्ने धारणा राख्नुभयो । समारोहमा नगरप्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । साक्षर नगर घोषणा ९८ प्रतिशत साक्षर, जिरो कार्वनसिटी अभियान, गरिबी रेखामुनि रहेका १३ प्रतिशत जनसंख्यालाई घटाएर ४ दशमलब ३६ मा झारिएको, एक घर एक धारा कार्यक्रम अन्र्तगत ८६ दशमलव १९ प्रतिशतमा धारा पुगेको, लक्षित समूहको परिषद गठन र सञ्चालन, अत्याधुनिक सुविधा सम्पन्न सभाहल निर्माण, संग्राहलय निर्माण, हरित नगर निर्माण अभियान स्वास्थ्य शहर धुलिखेल अभियान पूर्व खोप सुनिश्चित नगर घोषणा, ८६ वटा कानुन निर्माण, कालोपत्रे सडक साढे १२ किमीबाट ५१ किमी पुर्याएको, ५३ वटा थप पार्क निर्माण सम्पन्न भएको हो । प्रविधिमैत्री नगर र बालमैत्री नगर घोषणा जस्ता प्रमुख उपलब्धी हाँसिल गरेको ३७ औ स्थापना दिवसमा विमोचन गरिएको धुलिखेल यात्रा समृद्धिको पुस्तकमा उल्लेख गरेको छ । धलिखेल नगरपालिकालाई विभिन्न विधामा रहेर योगदान गरेका व्यक्तिहरुलाई समान गरेको छ । धुलिखेल अस्पतालका डा. रामबहादुर गुरुङ, धुलिखेल रत्न वडा नं. ७ का पूर्व नगरउपप्रमुख सुवास काजी श्रेष्ठ, धुलिखेल नक्षत्र हरिभक्त खोजु धुलिखेल प्रज्ञाश्री, श्री होटल सारथी प्रालि धुलिखेल प्रज्ञाश्री, श्री गौरीशंकर साना किसान कृषि सहकारी संस्था लि वडा नं. १२, धुलिखेल तारा, अरविन माकजु, धुलिखेल तारा, रोटरी क्लब अफ धुलिखेल, धुलिखेल तारा, श्री ईलमचा छे धुलिखेल तारा, नेपाल अटो मोबाइल्स एशोसियसन धुलिखेल तारा, पञ्चकन्या आधारभूत विद्यालय धुलिखेल ३ का प्रधानाध्यापक प्रकाश हुमागाई जनसेवाश्री र श्रीविक्रम ब्याञ्जु जनसेवाश्रीबाट सम्मानित हुनुभएको छ । दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुहुने कर्मचारीहरु मन्दिलकृष्ण श्रेष्ठ, उद्धव प्रसाद हुमागाई, सूर्यबहादुर तामाङ, हरिचन्द्र बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तैगरी सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरेका व्यक्तिहरु धुनपा ५ का हरिमाया प्रधान, सानुकाजी प्रधान र भोजकुमार श्रेष्ठलाई समेत सम्मान गरेको थियो । समारोहमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, काठमाण्डौ यनिभरसिटी मेडिकलका डिन डा. राजेन्द्र कोजु, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भाग्यचन्द्र पुरुष ढकाल, शस्त्रप्रहरी प्रमुख अच्युद कुमार मजगैयाँ, राष्ट्रिय अनुसन्धान काभ्रे प्रमुख राजन विक्रम प्रजापति, धुलिखेल खानेपानी उपभोक्ता समिती अध्यक्ष कृष्ण भुणण खोजु, क्षेत्रीय होटर संघका अध्यक्ष प्रेमकण्ठ माकजु, धुलिखेल नगर बालसञ्जालका अध्यक्ष सौरभ धिताल लगायतको आतिथ्यता रहेको थियो । धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर थापामगरले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन विदुर गौतमले गर्नुभएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्