सत्य डग्दैन झुटो टिक्दैन भन्ने उक्ति काभ्रे क्याम्पसका क्याम्पस प्रमुख देखि ११ जना व्यक्तित्वलाई झुटा मुद्दामा न्यायलयले खारेज गरेको खबर छ । काभ्रे टाइम्सले वर्ष २४ अंक ३८ मिति २०७७ कार्तिक ४ गते काभ्रे क्याम्पसमा राज्य आतंक भन्ने समाचार प्रकाशित गरेका थियौं । यो अन्यायको पराकाष्ट भयो भनेका थियौं । सत्ता र स्वार्थमा लागेका केहि कुटिलका भावनाका राजनितिक व्यक्तिको इशारामा लगाइएको मुद्दाको जीत सत्यको हो । २०७७ पुष २८ गते जिल्ला अदालत काभ्रेमा विशेष मार्ग ठगी गरेको भन्दै लक्ष्मण दाहाल समेतको ५ जनाले क्याम्पसका सञ्चालक अध्यक्ष लम्बोदर कायस्थ लगाएत ११ जनालाई मुद्दा दर्ता गराएको थियो । अदालतमा मुद्दा दर्ता लिनु भन्दा अघि नै २ जनाले फिर्ता लिएको थियो । जिल्ला अदालत काभ्रेको न्यायधिश रिताकुमारी नख्रेलको इजलासले अभियोग दाबि नपुग्ने भनेर गत माघ २५ गते फैसला गरेको हो । काभ्रे बहुमुखि क्याम्पसको प्लस टु कार्यक्रमको व्यवस्थापन समिति अध्यक्ष लम्बोदर कायस्थ, उपाध्यक्ष मोहन दुवाल, सदस्यहरु गोबिन्दलाल प्रधानांग, क्याम्पस प्रमुख केजी बहिदार, सहायक क्याम्पस प्रमुख अर्चना हाडा, सञ्चालक सदस्यहरु कृपेन्द्र श्रेष्ठ, राजु सरकार, भैरब केसी, राजनकुमारी बहिदार, उत्तम मानन्धर र कृष्ण प्रसाद कायस्थ लगायत ११ जना विरुद्ध मुद्धा दायर गरेको थियो । फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको छ ।
