IMG-LOGO

दुर्गा प्रसाइले एमाले त्यागे

 मंगल, फागुन ९, २०७९  ---

      नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायी समेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् । प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए ।

      त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्