IMG-LOGO

प्रेस युनियन बागमती प्रदेशको अध्यक्षमा युवराज

 मंगल, फागुन २, २०७९  ---

      नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनको सौराहामा गत मंगलबार उद्घाटन गर्दैै उहाँले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेकोले यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा कांग्रेस भित्र छलफल भइरहेको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा युवराज पुरी निर्वाचित हुनुभयो भने उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण प्रसाद शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् । कार्यसमितिमा धादिङबाट तिनजना चयन भएका छन् । जसमा  उपाध्यक्षमा थापा,कोषाध्यक्षमा रौनियार, लेखासमिति संयोजकमा शंकर अधिकारी चयन हुनुभयो । 

      त्यसैगरी कार्यसमिती सदस्यहरुमा हरिनाथ न्यौपाने, धनपति दाहाल, सुमन सिवाकोटी, सुनिल श्रेष्ठ, किशोर बुढाथोकी, नवराज मिश्र, नेत्र कार्की, कौशलराज खड्का, दिपेश चौधरी, मानकाजी तामाङ, गंगा पौडेल, समीक्षा पाण्डे, कमला पाख्रिन, अनिता थापा र मनिष श्रेष्ठ रहनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, डा गोविन्द पोख्रेल, अजयबाबु शिवाकोटी, नेता जगदीश्वर नरसिंह केसी,  नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रेस युनियनका पूर्व अध्यक्षहरु लगायत नेताहरुले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको सभापतित्वमा सम्पन्न भएको उक्त प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य कपिल कोइरालाले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्