IMG-LOGO

काभ्रेमा पहिलोपटक किण्डर ओलम्पिक २०७९ सम्पन्न

 मंगल, फागुन २, २०७९  ---

      अर्लि चाइल्डहुड एजुकेशन एशोसियसन एकता नामक गैरसरकारी संस्थाको आयोजनामा किण्डर ओलम्पिक २०७९ कार्यक्रम शनिबार बनेपा लायकु मञ्चमा सम्पन्न भयो । अर्लि चाइल्डहुड, एजुकेशन, बाल सांस्कृतिक कार्यक्रम शैक्षिक गोष्ठी, अभिभावक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरी विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्दै बालबालिकाहरुलाई खेलप्रति उत्प्रेरणा जगाउनु शारीरिक तथा सामाजिक विकासको लागि अवसर प्रदान गर्न आर्थिक सामाजिक रुपमा पछि परेका जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुको लागि कोष स्थापना गर्न किण्डर ओलम्पिक २०७९ आयोजना गरिएको हो । किण्डर ओलम्पिक एकताद्धारा आयोजित दशौं खेलकुद समारोह भएको एकताकी अध्यक्ष विना शर्माले बताउनुभयो ।

      बनेपाका किण्डर गार्टेन स्कुल ३ देखि ६ वर्ष उमेरका ११ विद्यालयका २ सय ८० विद्यार्थी सहभागी भएको कुरा अर्किट इन्टरनेश्नल एकेडेमीको प्रिन्सीपल अनिता प्रजापतिले बताउनुभयो । बालबालिकाको खेलको माध्यमबाट एकअर्कामा सम्बन्ध विस्तार, प्रतिस्पर्धाले सामाजिक र खेलकुद क्षेत्रमा लगाव बढाउने उद्देश्य कार्यक्रमको रहेको छ । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं. ९ वडा अध्यक्ष नृपेश बादे, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, प्याब्सन बनेपा नगरका अध्यक्ष कुमार मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने, चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना, किण्डर गार्टेनका बालबालिकाहरु अभिभावकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । ४ लाख बराबरको खर्च अनुमानित गरिएको उक्त कार्यक्रमको रकम संकलन विद्यालय र अभिभावकहरुको सहयोगबाट कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । ग्लास स्टाकिङ, क्यारिङ एण्ड कलेक्टीङ खेल र सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्