IMG-LOGO

इनोभेटिभ एकेडेमीको १८ औ वार्षिकोत्सव

 मंगल, फागुन २, २०७९  ---

 

      इनोभेटिभ एकेडेमी बनेपाको १८ औ वार्षिकोत्सव तथा एसइइ बिदाई समारोह कार्यक्रम शुत्र्रmबार सम्पन्न भएको छ । काठमाण्डौ विश्वविद्यालय डिपार्टमेन्ट अफ साइन्सेसका पूर्व डिन कन्हैया झा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. के.वि मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ साइन्स म्याथम्याटिक्सका प्रमुख डा. रबिन्द्र कायस्थ, आर एम एस स्कुलका प्रिन्सिपल सुमन कोख श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा सफलता हाँसिल गरेका छात्रछात्राहरुलाई काभ्रेटाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले पुरस्कार वितरण गर्नुभयो । ८५० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयको उक्त कार्यक्रममा प्रिन्सिपल पुनम श्रेष्ठले विद्यालयको प्रगति विवरण पेश गर्नुभयो । कार्यक्रमको सञ्चालन स्वस्तिका दाहाल र रोबिना कर्माचार्यले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्