IMG-LOGO

मञ्जुश्री बचतको रक्तदान कार्यक्रम

 मंगल, फागुन २, २०७९  ---

      मानव जीवनमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ सामाजिक कृयाकलाप अन्तरगत मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शरण कुमार मानन्धरको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा सचिव गोविन्द राजचल, प्रबन्धक विशाल मानन्धर, कर्जा अधिकृत महेन्द्र बादे, सञ्चालक समिति, उपसमिति र शेयर सदस्यहरुको समेत सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकारद्धय जीतेन्द्र नकर्मी र रामप्रसाद मानन्धरको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्