IMG-LOGO

काभ्रे ईङलिस माविको २४ औ वार्षिकोत्सव

 मंगल, फागुन २, २०७९  ---

      काभ्रे शिक्षा विकास प्रतिष्ठानद्धारा सञ्चालित काभ्रे ईङलिस सेकेण्डरी स्कुल पनौतीको २४ औ वार्षिक उत्सव समारोह पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले शैक्षिक क्षेत्रको विकासमा स्तरीय शिक्षा प्रदान गर्ने सवालमा काभ्रे इंगलिस माविले उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । प्रविधियुक्त सिपमुलक शिक्षा प्रदान गर्ने सवालमा शैक्षिक योजना नीति अंगिकार गरी अगाडि बढ्ने कुरा प्रमुख अतिथि भण्डारीले भन्नुभयो । पनौती वडा नं. ४ का वडाअध्यक्ष दिपक प्रसाद दाहाल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्रमुख सल्लाहकार पूर्णकुमार श्रेष्ठ, पनौती प्याब्सनका अध्यक्ष विमल न्यौपाने, बनेपा प्याब्सनका अध्यक्ष एवं काभ्रे मावि बनेपाका प्रिन्सिपल कुमार मानन्धर लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले समारोहमा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन शैक्षिक उन्नतीको बारेमा प्रस्तुत गर्नुभयो ।

      पछिको अन्तरालमा आफ्नै भवन निर्माण भएको छ । ३ करोड २९ लाखमा ४ तले भवन निर्माण गरेर सोही भवनमा विद्यार्थीहरुलाई अध्यापन गराइदै आएको छ । अतिरिक्त क्रियाकलाप प्रथम द्धितिय तृतीय हुनेहरुलाई पुरस्कृत गरिएको थियो । २०७७।०७८ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न समारोहमा स्वागत मन्तव्य कक्षा ८ का छात्रा गरिमा सापकोटाले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्