पाँचखाल नगरपालिकालाई स्वस्थ पाँचखाल नगर बनाउन काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालसँग बिहिबार सम्झौता गरिएको हो । स्वस्थ पाँचखाल नगर अभियानमा नगरले स्वास्थ्य सामग्री लगायत स्रोत साधन उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको छ । सम्झौतामा पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेल र अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा बलराम मल्लले हस्ताक्षर गर्नुभएको छ । स्वस्थ पाँचखाल अभियान अन्तर्गत नगरका प्रत्येक नागरिकको उमेरगत परिवार संख्या, उनीहरुको स्वास्थ्य अवस्था तथा औषधी सेवा समेतको डाटा संकलन गरिने ६ बुँदामा सम्झौता गरिएको हो ।
यस्तौ पाँचखालको वालुवामा रहेको अस्पतालको आउटरिच सेन्टरलाई स्तरोन्नती गरी स्वास्थ्य सेवाको दायरा बढाउने, प्रत्यक महिलाको स्वास्थ्य परीक्षण गरी पिसाब चुहिने समस्या देखिएकालाई उपचार गर्ने, नगरमा रहेको अक्सिजन कन्सन्ट्रेसन बैक मा कन्सन्ट्रेसन थप्ने, दाँतको समस्या भएकालाई उपचार सहित दाँत राखिदिने सम्झौतन गरिएको छ । यसैगरि पाँचखाल नगरले तीन सय रोपनी जमिन उपलब्ध गराई सिंचाईको व्यवस्थापन गर्ने र उक्त जमिनमा एलोभेरा, तुलसी लगायतका अर्गानिक उत्पादन गरी अस्पतालमा रहेको स्याहार अर्गानिक उत्पादनमा विभिन्न औषधी उत्पादन गर्ने सम्झौता गरिएको हो । सम्झौता कार्यक्रममा नगरप्रमुख खरेलले धुलिखेल अस्पतालसँग गरिएको सम्झौता अनुसार स्वस्थ पाँखाल अभियान अन्तर्गत स्वास्थ्य सेवाको दायरा बढाउँदै हरेकलाई स्वस्थ नागरिक बनाइने बताउनुभयो । अस्पतालका प्रमुख प्रा.डा रामकण्ड माकजू श्रेष्ठले पाँचखालको स्वस्थ नगर बनाउने अभियान अरु पालिकाले पनि सुरु गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
